मंगलबार, वैशाख १८, २०८१

रुसले आक्रमण गरे त्यसकाे प्रतिरक्षाकाे लागि युक्रेन तयार

नेपालखोज २०७७ चैत ३१ गते १२:५४

काठमाडौं । रुसले आक्रमण गरे त्यसकाे प्रतिरक्षाकाे लागि युक्रेन तयार भएकाे युक्रेनले जनाएकाे छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी टेलिभिजनबाट लडाइँको धम्की दिएका थिए । त्यसकाे प्रतिउत्तरमा युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की आफैं सेनाको पोशाक लगाएर अग्रमोर्चामा देखा परेका छन्। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समर्थक च्यानलले युक्रेनमाथि हमला हुने बताएपछि जेलेन्स्की स्वयम् सीमाक्षेत्रमा रहेका आफ्ना सैनिकको हौसला बढाउन उपस्थित भएका हुन्।दुवै देशका अधिकारीहरुले सीमाक्षेत्रमा ठूलो संख्यामा सैनिक तैनाथ गरिएको बताएका छन्।

दुवैतर्फबाट ८०/८० हजार सैनिक खटाइएको दाबी गरिएको छ।(एजेन्सी)

प्रतिक्रिया