मंगलबार, वैशाख १८, २०८१

लाङटाङ राष्ट्रिय निकुञ्ज डढेलाेकाे प्रकाेपमा, करिब २५ हेक्टर जंगल सखाप

नेपालखोज २०७८ वैशाख ३ गते १३:५६


रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलो नियन्त्रण गर्न चुनाैती थपिएकाे छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने करिब २५ हेक्टर जङ्गल डढेलाेले सखाप पारेकाे निकुञ्जका कर्मचारीहरु बताउँछन् । ठूलो परिमाणमा साना बोटबिरुवाहरु खरानी भएकाे विज्ञहरु बताउँछन् ।

गत फागुन तथा चैतमादेखि लागातार लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलम सखाप भएकाे छ ।

शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदयाममा हावाको निरन्तरता, बढी मात्रामा भिर पाखोजस्ता समस्याले डढेलो नियन्त्रण गर्न कठिनाइ हुने गरेका कारण अग्निरेखा तथा फायर फाइटिङका माध्यमबाट ठूलो नोक्सानी न्यूनीकरण गर्न समस्या भए पनि निकुञ्ज प्रशासन निभाउन प्रयासरत रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका रेञ्जर  रमेश बस्नेतले बताए ।

 डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले महत्वपूर्ण योगदान दिइरहेको बताइएको छ । छयालीस प्रकारका स्तनधारी जनावर र २५० प्रजातिका पक्षी भएको निकुञ्ज जङ्गलमा डढेलोको असरले के कति नोक्सान भएको भन्नेबारे  लेखाजोखा भने हुन सकेको छैन । सलाई, लाइटर जस्ता आगोसँग सम्बन्धित वस्तु सुरक्षित राख्न र चुरोट तथा तमाखुजस्ता धूमपान गरेका आगोको ठुटा जथाभावी नफ्याँक्न बारम्बार चेतनामूलक सन्देश प्रवाह भइरहेकाे पनि छ । तर, जङ्गलमा डढेलो लगाउने बानी आजै हट्न सकेकाे छैन । त्यसकारण ठूलो मात्रामा वन जङ्गल नोक्सान हुँदै आएको पनि निकुञ्जले जनाएकाे छ ।

प्रतिक्रिया