शनिबार, असार २१, २०८२

साताको पहिलो दिन ३५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढेर आठ अर्ब ८० करोड नाघ्यो

नेपालखोज २०७८ वैशाख ५ गते १५:३७

काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आईतबार) नै नेप्से उच्च अंकले घटेको छ । नेप्से घटेपनि आज कारोवार रकम भने बढेको छ । नेप्से ३५ दशमलव ८९ अंकले घटेर २६ सय ९९ दशमलव ५१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स छ दशमलव २९ अंकले घटेर चार सय ८६ दशमलव १६ अंकमा पुगेको छ ।

नेप्सेमा आज २ सय ७ वटा कम्पनीहरुको ९३ हजार ५ सय ६८ पटकको कारोवारमा १ करोड ९२ लाख ५८ हजार ६ सय ५६ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम आठ अर्ब ८० करोड १८ लाख तीन हजार दुई सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेर बाँकी समुहको सूचक उच्च अंकले घटेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सूचक ३३ दशमलव २९ अंकले घटेर १८ सय ७० दशमलव ८६ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सूचक पनि १ सय ८३ दशमलव १९ अंकले घटेर १३ हजार ४ सय ८५ दशमलव ७१ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सूचक पनि १ सय ११ दशमलव ६२ अंकले घटेर १७ हजार २ सय ९६ दशमलव ४९ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत्, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सूचक पनि घटेकाछन ।

आज महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले बढेर १३ सय २८ रुपैयाँमा कारोबार हुंदा गुडविल फाईनान्सको प्रतिकित्ता सेयर मूल्य भने ५ दशमलव नौं प्रतिशतले घटेर २ सय ६१ रुपैयाँमा कारोबार भएको छ । आज एभरेष्ट बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता ८ सय ११ रुपैयाँ अन्तिम मूल्यमा ८७ करोड ६२ लाख ९९ हजार २ सय ६८ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया