आइतबार, वैशाख १४, २०८२

नयाँ जन्मिएका छोराछोरीलाई ३ हजार रुपैयाँ दिने गाउँपालिका

नेपालखोज २०७८ वैशाख ६ गते ९:२३


जुम्ला । जिल्लाको पातारासी गाउँपालिकाले नयाँ शिशु जन्मने बित्तिकै तीन हजार दिने व्यवस्था गरेको छ । 

नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन् । 

उनकाअनुसार गाउँपालिकाले छोराछोरीको विभेद हटाउन शिशु जन्मने बित्तिकै तीन हजार दिने व्यवस्था गरेको हो । 

त्यसमा घरपरिवारले तीन हजार रुपैयाँ थपेर बैंकमा खाता खोल्नुपर्ने नियम बनाइएको छ । 

नियमअनुसार बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणासमेत बैंक खातामै जम्मा गर्नुपर्नेछ । 

प्रतिक्रिया