बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । आज खान छुटेकालाई भोलि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउने गर्दै आएको छ । यो औषधि अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खाने खुवाउने क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया