शनिबार, असार २१, २०८२

बैंकिङ क्षेत्रमा तीन करोड ४६ लाख ७१ हजार निक्षेप खाता सञ्चालनमा

कर्जा खाताको संख्या भने १६ लाख एक हजार मात्र

नेपालखोज २०७८ वैशाख ६ गते १५:०६



काठमाडौं । बैंकिङ क्षेत्रमा तीन करोड ४६ लाख ७१ हजार नौ सय ४९ वटा निक्षेप खाता सञ्चालनमा देखिएकाछन । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको फागुुन मसान्तसम्ममा लघुबित्त बित्तीय संस्था बाहेकका २७ वटा बाँणिज्य बैंक, १९ वटा बिकास बैंक र २० वटा फाईनान्स कम्पनीहरुमा उक्त संख्याामा शाखा सञ्चालनमा रहेको देखिएको हो ।


उक्त खाताहरु मध्ये बाँँणिज्य बैंकहरुमा मात्र रहेको निक्षेप खाता दुुई करोड ९७ लाख ६७ हजार छ सय ५१ रहेको छ भने बिकास बैंकहरुमा रहेको कुुल निक्षेप खाता ४२ लाख आठ हजार पाँच सय ४२ वटा रहेको छ । यस अवधिमा फाईनान्स कम्पनीहरुमा भने छ लाख ९५ हजार सात सय ५६ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् ।


राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार चालुु आवको फागुुन मसान्तसम्ममा सञ्चालनमा रहेका कुुल कर्जा खाताहरुको संख्या भने १६ लाख एक हजार नौ सय ५८ रहेको छ । सो मध्ये बाँणिज्य बैंकहरुमा मात्र १२ लाख ४५ हजार दुई सय ७१ वटा कर्जा खाता सञ्चालनमा रहेकाछन भने बिकास बैंकहरुमा तीन लाख ११ हजार एक सय ४७ वटा कर्जा खाता सञ्चालनमा रहेका छन् ।

फाईनान्स कम्पनीहरुमा भने यस अवधिमा ४५ हजार पाँच सय ३९ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया