शनिबार, वैशाख १३, २०८२

कुमारी बैंक र ल्यान्डमर्क फुडस् (बर्गर शाक) बीच सहकार्य

नेपालखोज २०७८ वैशाख ६ गते २१:०१


काठमाडौं । कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमर्क फुडस्बीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट, क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो रेस्टुरेण्ट्को विभिन्न सेवाहरुमा बैंकका डेबिट, क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।


सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमर्क फुडस् तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरेकाछन । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १० प्रतिसतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्
कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया