नेप्सेमा सामान्य करेक्सन : २ दशमलव ६८ अंकले बढ्दा ५ अर्ब ५३ करोडको सेयर किनबेच

काठमाडौं । तीव उतारचढावकाबीच साताको तेस्रो कारोवार दिन आज (मंगलबार) नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन ३७ अंकले घटेको नेप्से आज (मंगलबार) कारोबार खुलेको पहिलो केही समय घटेको थियो । सो पश्चात क्रमिकरुपमा बढ्न थालेको नेप्से अन्तिम समयसम्म आईपुुग्दा २ दशमलव ६८ अंकले बढेर २ हजार ६ सय ६४ दशमलव ६१ अंकमा पुग्न सफल भएको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५ अंकले बढेर ४ सय ७९ दशमलव ६० अंकमा पुगेको छ । नेप्सेमा आज २ सय १६ वटा कम्पनीहरुको ६५ हजार ७ सय ९३ पटकको कारोवारमा १ करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता सेयर खरिद भएको छ ।
उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम भने पाँच अर्ब ५३ करोड ८६ लाख १७ हजार छ सय ४० रुपैयाँ पुुगेको छ । आज १३ वटा समुहको कारोबार भएकोमा ४ वटा समुहको सूचक घटेर बाँकी समुहको सूचक बढेकाछन । जसमध्ये वाणिज्य बैंक समुहको सूचक १ दशमलव ३७ अंकले घटेर १८ सय ३४ दशमलव ६५ अंकमा पुग्दा निर्जिवन बीमा, सामुहिक लगानी कोष र लगानी समुहको सूचकहरु पनि घटेकाछन ।
विकास बैंक समुहको सूचक भने आज ४८ दशमलव ४२ अंकले बढेर २९ सय २६ दशमलव २८ अंकमा पुुग्दा जीवन बीमा समुहको सूचक पनि ५३ दशमलव ९८ अंकले बढेर १७ हजार २ सय २० दशमलव ५० अंकमा पुगेको छ । यि बाहेक जलविद्युत, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक र अन्य समुहहरुको सूचक पनि बढेकाछन ।
आज मिथिला लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १६ सय ६ रुपैयाँमा कारोबार हुंदा समृद्धि फाईनान्सको प्रतिकित्ता सेयर मूल्य २ दशमलव ४७ प्रतिशतले घटेर २ सय ३७ रुपैयाँमा कारोवार भएको छ । आज नागरिक लगानी कोषको प्रतिकित्ता ३ हजार ९ सय ५३ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ४२ लाख ८९ हजार ३ सय ६८ रुपैयाँको कारोवार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया