भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७८ वैशाख ७ गते २०:१८

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विपक्षी नेता गान्धीले सामाजिक सन्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।
‘सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना संक्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकट आएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला,’ उनले ट्विटरमा लेखेका छन् ।
गान्धी पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्यालीहरुमा सहभागी भएका थिए । तर उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरूलाई दुई दिनअघि मात्र स्थगित गरेका थिए ।

सम्बन्धित
प्रतिक्रिया