मंगलबार, वैशाख १६, २०८२

अस्ट्रेलियाद्वारा चीनको ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द

नेपालखोज २०७८ वैशाख ९ गते १४:००

काठमाडौं । अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ ।

बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गरेकी थिइन् । तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । खास कुरा के छ भने, यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो ।

अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द गर्ने सक्ने भिटो पावर दिइएको थियो । अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले एक विज्ञप्ति निकाल्दै सम्झौता रद्द हुनुको पछाडि विदेश नीति रहेको बताएकी छन् ।

उनले भनिन्, ‘म यी चार वटा सम्झौतालाई अस्ट्रेलियाको विदेश नीति या हाम्रो विदेशी सम्बन्धको प्रतिकूल मान्छु ।’ यो निर्णय बुधवार सार्वजनिक हुनुअघि चीनले यसमा आपत्ति जनाएको थियो ।

अस्ट्रेलियामा रहेको चिनियाँ दूतावासले यस कदमलाई ‘चीनविरुद्ध अस्ट्रेलियाले उठाएको एक अर्को अनुचित र उत्तेजक कदम’ भएको बताएको थियो । चिनियाँ दूतावासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘चीन-अस्ट्रेलिया सम्बन्ध सुमधुर बनाउन अस्ट्रेलिया सरकारले कुनै इमानदारी नदेखाएको देखिन्छ ।’

अस्ट्रेलियाको यो कदम द्विपक्षीय सम्बन्धलाई हानी पुर्याउने र आफैँलाई क्षति पुर्याएर समाप्त हुने चिनियाँ दूतावासले बताएको छ । सन् २०१८ मा अस्ट्रेलियाले चीनको प्राविधिक कम्पनी हुवाईमाथि फाइभ जी नेटवर्कको लागि प्रतिबन्ध लगाएपछि यी दुई देशको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

यस्तो प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश थियो र त्यसपछि धेरै पश्चिमी देशले यस्तो निर्णय लिएका थिए । बोल्ड एन्ड रोड इनिशिएटिभ अर्थात् ‘वान बेल्ट, वान रोड’ चीनको महत्त्वाकाङ्क्षी परियोजना हो ।

चीनले यस विशाल परियोजनालाई ऐतिहासिक ‘सिल्क रुट’ को आधुनिक अवतार बताउँदै आएको छ । सिल्क रुट मध्ययुगमा त्यो बाटो थियो, जसले चीनलाई युरोप एसियाको बाँकी देशसँग जोड्थ्यो। यही माध्यमबाट विभिन्न देशमा कारोबार हुन्थ्यो ।

प्रतिक्रिया