शनिबार, असार २१, २०८२

दुई सय १३ वटा बैंक तथा बित्तीय संस्थाहरु मर्जरमा

नेपालखोज २०७८ वैशाख ९ गते १४:५९

काठमाडौ । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् दुुई सय १३ वटा बैंक तथा बित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएकाछन् ।

नेपाल राष्ट्र बैंकका सुचना अधिकृत नारायण प्रशाद पोखरेलका अनुसार चालुु आर्थिक बर्षको फागुुन मसान्तसम्ममा उक्त संख्यामा बैंक तथा बित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएका हुुन् । यसरी मर्जर तथा प्राप्तीमा जाँदा एक सय ६१ वटा बैंक तथा बित्तीय संस्थाहरुको इजाजत खारेज हुुन गई ५२ वटा संस्था कायम भएकाछन् ।

सुचना अधिकृत पोखरेलका अनुसार बाँणिज्य बैंकतर्फ हालसम्म २५ वटा बाँणिज्य बैंकहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएकाछन् । जसबाट पाँच वटा बाँणिज्य बैंकहरुको संख्या घटेर २० वटामा झरेको छ । यसैगरी बिकास बैंक तर्फ पनि क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ८३ वटा संस्थाहरु मर्जर तथा प्राप्तीमा सामेल भएकाछन् ।

जसबाट ७३ वटा संस्थाहरु घटेर मर्जर तथा प्राप्ती पश्चात १० वटामा सिमित हुुन पुुगेकाछन् । यसैगरी फाईनान्सतर्फ पनि ६४ वटा फाईनान्सहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएकोमा ५८ वटा संस्थाहरुको संख्या घटेर छ वटामा कायम भएको छ ।

लघुुबित्त तर्फ हालसम्म ४१ वटा लघुबित्त संस्थाहरु मर्जर तथा प्र्राप्ती प्रकृयामा सामेल भएकोमा २५ वटा संस्थाको संख्या घटेर १६ वटा संस्थामा सिमित हुुन पुुगेको छ । यसरी हालसम्म कुुल दुई सय १३ वटा बैंक तथा बित्तीय संस्था मर्जर तथा प्राप्ती प्रकृयामा सामेल हुुंदा एक सय ६१ वटा संस्थाको अनुुमती खारेज भई ५२ वटा संस्थामा सिमित हुुन पुगेको हो ।

सुचना अधिकृत पोखेरलका अनुसार मर्जर तथा प्राप्ती प्रकृया कै कारण अहिले बैंक तथा बित्तीय संस्थाहरुको संख्या घटेर एक सय ४२ वटामा झरेको छ । जसमध्ये २७ वटा बाँणिज्य बैंक, १९ वटा बिकास बैंक, २० वटा फाईनान्स कम्पनी र ७६ वटा लघुबित्त बित्तीय संस्थाहरु सञ्चालनमा रहेकाछन् ।

तर यही बीचमा पनि धेरै वटा बैंक तथा बित्तीय संस्थाहरु अहिले पनि मर्जर तथा प्राप्ती कै चरणमा रहेकाकारण आगामी समय बैंक तथा बित्तीय संस्थाहरुको संख्या अझै घट्न सक्छ । पोखरेलका अनुसार अहिले ठुुला बैंक तथा फाईनान्स कम्पनीहरु भन्दा पनि लघुबित्त बित्तीय संस्थाहरु मर्जर तथा प्राप्तीको प्रकृयामा अगाडि देखिएकाछन् ।

राष्ट्र बैंकले चालुु आर्थिक बर्षको फागुुन १३ गते अद्दावधिक गरेको तथ्यांक अनुसार अझै झण्डै तीन दर्जन बैंक तथा बित्तीय संस्थाहरु मर्जरको प्रकृयामा रहेको र ति मध्ये केहीले भने पछिल्लो समय एकीकृत कारोवार गरिसकेकाछन् ।

पोखरेलका अनुसार पछिल्लो समय इन्फिनिटी लघुुबित्त बित्तीय संस्था र नेपाल एग्रो लघुबित्त बित्तीय संस्था प्राप्तीको प्रकृयामा रहेकाछन् भने नेशनल माईक्रो फाईनान्स र महिला सहयात्रा नेशनल माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था पनि प्राप्तीको प्रकृयामा रहेको छ । यसैगरी नेपाल फाईनान्स र ललितपुर फाईनान्स पनि पछिल्लो अवधिमा प्राप्तीको प्रकृयामा रहेको छ ।

यि बाहेक आरम्भ चौतारी र बि डब्लुु डिप्रोक्स र नाडेप, वीन र नेपाल सेवा, स्वस्तीक र समाज, एनआईसी एशिया र स्वदेशी लघुुबित्त बित्तीय संस्था सहितका १७ जोडी संस्थाहरु मर्जर तथा प्राप्तीको प्रकृयामा रहेकाछन् । पछिल्लो अवधिमा ग्लोवल आईएमई र स्पर्श लघुुबित्त बित्तीय संस्थाले भने केहीदिन अघि मात्र एकीकृत कारोवार गरेको छ ।

मर्जर तथा प्राप्तीको लागि सुरुवाती चरणमा सम्झौता गरेका मध्ये हालसम्म बिजय लघुबित्त बित्तीय संस्था र स्वेडा लघुुबित्त बित्तीय संस्थाको प्राप्ती प्रकृया, मिर्मिरे, नागवेली र किसान लघुबित्त बित्तीय संस्थाको मर्जर प्रकृया, नेसो लघुबित्त बित्तीय संस्था र नेपाल एग्रो लघुबित्त बित्तीय संस्थाको मर्जर प्रकृृया र सनराइज बैंक र सिर्जना फाईनान्सबिचको प्राप्ती प्रकृया मात्र रद्ध भएको छ ।

पछिल्लो समय केही ठुुला बैकहरुको मर्जर तथा प्राप्तीको बिषयले चर्चा पाएको भएपनि मर्जर तथा प्राप्तीको लागि प्रकृयामा जानको लागि अनुमती माग गर्दे हालसम्म राष्ट्र बैंकमा कुुनै आवेदन परेको छैन, सुचना अधिकारी पोखरेलले बताए ।

प्रतिक्रिया