शनिबार, असार २१, २०८२

अन्तिम कारोबार दिन नेप्सेमा हरियाली : १५ अंकले बढ्दा ५ अर्ब ९१ करोडको सेयर किनबेच

नेपालखोज २०७८ वैशाख ९ गते १५:४७

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज (बिहिबार) भने नेप्सेमा हरियाली छाएको छ । नेप्से सूचक तथा कारोवार रकम दुबै नै बढेसंगै नेप्सेमा हरियाली छाएको हो ।

अघिल्लो दिन ३२ अंकले घटेको नेप्से आज १५ दशमलव ८ अंकले बढेर २६ सय ४८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० अंकमा पुगेको छ । नेप्सेमा आज २ सय १४ वटा कम्पनीहरुको ७५ हजार १ सय ८ पटकको कारोवारमा १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोबार भएकोमा होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहहरुको सूचक क्रमश ५२ दशमलव ९२ र शुन्य दशमलव शुन्य ६ अंकले घटेपनि बाँकी समुहको सूचक उच्च अंकले बढेकाछन । सोमध्ये वाणिज्य बैंक समुहको सूचक ९ दशमलव २२ अंकले बढेर १८ सय १८ दशमलव ९५ अंकमा पुग्दा निर्जिवन बीमा समुहकोे सूचक पनि १ सय १४ दशमलव नौ अंकले बढेर १३ हजार १ सय ८२ दशमलव ८६ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सूचक पनि १ सय १४ दशमलव छ अंकले बढेर १७ हजार १ सय ८९ दशमलव ६९ अंकमा पुग्दा विकास बैंक, जलविद्युत, लघुवित्त, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सूचक पनि बढेकाछन ।

आज बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ३१ सय ६८ रुपैयाँमा कारोबार भएकोमा हिमालयन ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने ३ दशमलव ४४ प्रतिशतले घटेर ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल क्रेडिट एण्ड कर्मस बैंकको आज प्रतिकित्ता ३ सय ४६ रुपैयाँ अन्तिम मूल्यमा ६२ करोड २७ लाख ७९ हजार ८ सय ५० रुपैयाँको कारोबार भएको छ । एनसीसीको यो कारोबार रकम आज भएको कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया