आइतबार, वैशाख १४, २०८२

नेपाल बैंक र काठमाडौं मलबीच सम्झौता

नेपालखोज २०७८ वैशाख १० गते २०:५०

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं मल (दिवा सपना जेभी) बीच सम्झौता भएको छ । बैकका अनुसार उक्त मलका स्टलहरुमा नेपाल बैकको क्युआर कोड सञ्चालन गर्ने र काठमाडौं मलको परिसरमा नेपाल बैंकको एटिएम सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौताअनुसार काठमाडौं मलका व्यवसायीहरुलाई बैकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुष्णबहादुर अधिकारी र काठमाडौं मल व्यवस्थापन कम्पनीका तर्फबाट प्रमुख व्यवस्थापक बिष्णुहरी ढकालले हस्ताक्षर गरे ।

बैंकले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्ग मार्फत् उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया