मंगलबार, वैशाख ३०, २०८२

‘नेपालको शिक्षा विकासको क्षेत्रमा स्वीस सरकारको योगदान महत्वपुर्ण’

नेपालखोज २०७८ वैशाख १० गते २१:२६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामिण विकासको क्षेत्रमा स्वीस सरकारको योगदान महत्वपुर्ण रहेको बताएका छन् ।

विशेषगरी प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्वीस सहयोग केन्द्रित रहेकोमा खुसी व्यक्त गर्दै त्यसलाई निरन्तरता दिन र आपसी सहयोग अघि बढाउन नेपाल सरकार तत्पर रहेको बताए ।

नेपालका लागि स्वीजरल्याण्डका राजदुत इलिजावेथ भोन क्यापलरसंग भएको शिष्टाचार भेटको क्रममा मन्त्री श्रेष्ठले स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गरे । सो अवसरमा मन्त्री श्रेष्ठले स्वीस सरकारको सहयोगमा मन्त्रालय अन्तरगत शिक्षा क्षेत्रमा केही महत्वपुर्ण परियोजना सम्पन्न भएका बताउँदै त्यस किसिमको परियोजनालाई निरन्तरता दिन आग्रह गरे ।

उनले भने, ‘मित्रराष्ट्रको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम दिने संस्था टिआइटिआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजना मार्फत एप्रेन्टिसिप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्ता पद्दति सवलीकरण परियोजना लगायतमा भएको सहयोग महत्वपुर्ण छ ।’

भेटका क्रममा राजदुत क्यापलरल महत्वपुर्ण मन्त्रालयका मन्त्रीलाई भेट्न पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको बताए ।नले मुलुक संघीयतामा गैसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए ।

स्वीस सरकारले नेपालको प्राविधिक र अन्य क्षेत्रमा मिलेर काम गर्ने चाहना व्यक्त गदै स्वीस सरकारको सहयोगलाई निरन्तरता दिने बताए । उनले सबै पालिका तहमा प्राबिधिक तथा व्यावसायिक शिक्षा अपरिहार्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया