मंगलबार, वैशाख १६, २०८२

म्यानमारका सैनिक प्रमुख विदेश भ्रमणमा जाँदै

नेपालखोज २०७८ वैशाख ११ गते १०:३१

काठमाडाैं । सैन्य कू गरी सत्ता हातमा लिएका म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाने भएका छन् ।

म्यानमारका सेना प्रमुख मिन आङ जाकार्ता जान लागेकाे बताइएकाे छ । उनी दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन) को शीखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको राजधानी जाकार्ता जाने भएका हुन् ।

नेतृ आन साङ सूकीसहित उनका पार्टीका शीर्ष नेताहरूलाई म्यानमारको सेनाले अहिलेसम्म हिरासतमै राखेको छ। उनीहरूको रिहाइको माग गर्दै भएका प्रदर्शनमा हालसम्म ७०० भन्दा बढी सर्वसाधारण मारिएका छन्।

सैन्य प्रमुख जाकार्ता भ्रमणमा जान लागेकाे भए पनि मिनले सम्मेलनमा जानेबारे केही पनि बताएका छैनन् । अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा जनाइए अनुसार जाकर्तामा हुने आसियनको शीखर सम्मेलनमा म्यानमारकाे सेनाले भाग लिएकाे खण्डमा अन्य देशहरु त्यसकाे विराेधमा उत्रन सक्ने खतरा कायमै छ ।

प्रतिक्रिया