मंगलबार, वैशाख १६, २०८२

काेराेनाबाट बच्न सरकारी निर्देशन मान्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

नेपालखोज २०७८ वैशाख ११ गते ११:५३

काठमाडाैं ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना संक्रमणलाई बेवास्ता गरे देशको अवस्था भारतमा जस्तै डरलाग्दाे हुने बताएका छन् ।

खानले कोरोना महामारी फैलनबाट रोक्नका लागि सरकारी निर्देशनहरुको पालन गर्नुपर्ने पनि बताएका छन् । प्रधानमन्त्री खानको भनाइ अनुसार निर्देशनहरुको पालना गराउनका लागि सेना र अरु एजेन्सीहरुसँग सहयोगकाे अपिल समेत गरेकाे बीबीसीमा उल्लेख छ ।

शुक्रवार नेशनल कोअर्डिनेशन कमिटको एक बैठकपछि उनले भने, ‘जुन तरिकाले तिब्र रुपमा कोरना बढिरहेको छ, म तपाईहरुसँग आग्रह गर्न चाहन्छु, सरकारले जारी गरेको दिशा–निर्देशलाई पूर्ण रुपमा पालन गर्नुहोस्।’

मास्क अनिवार्य लगाउन आग्रह गर्दै उनले मास्कको प्रयोगले आधा समस्या हल हुने बताए। 

सरकारले जारी गरेको निर्देशनको पालना गर्दै कोरोनाबाट बच्ने उपायतर्फ लाग्ने हो भने भारतमा जस्तोे शहरहरुमा लकडाउन गर्नुपर्ने अवस्था नबन्ने उनको भनाइ छ।

प्रतिक्रिया