साइप्रसमा भाेलिदेखि फेरि लकडाउन

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन हुने भएको छ ।
सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन भाेलिदेखि स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कर्फ्युसमेत लागु हुनेछ ।
कोरोनाभाइरसको महामारी फेरि तिव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरूको भनाई छ ।
समाचारहरूमा जनाइएअनुसार खाद्य तथा पेय पदार्थ विक्रि वितरण गर्ने पसललगायत सवै व्यवसायीक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ ।
त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, ब्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको छ । भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिँड्नुपर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ ।
कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।
प्रतिक्रिया