मंगलबार, असार १०, २०८२

अमेरिकाले साझेदार राष्ट्रहरुलाई कोरोना खोप सहयोग गर्ने

नेपालखोज २०७८ वैशाख १४ गते ९:३४

अमेरिका। अमेरिकाले कोरोनाविरुद्धको एष्ट्राजेनेका भ्याक्सिन अन्य राष्ट्रहरुलाई वितरण गर्ने भएको छ । सो खोप आगामी महिना वितरण गरिने अमेरिकाले जनाएको छ ।

राष्ट्रपति जो बाडडेन प्रशासनमाथि साझेदार राष्ट्रहरुलाई खोप वितरण गर्न दवाव बढेसँगै ह्वाइट हाउसले आगमी महिना खोप वितरण गर्ने जनाएको हो । अमेरिकाले गत महिना पनि क्यानडा र मेक्सिकोलाई चार मिलियन डोज खोप उपलब्ध गराएको थियो ।

ह्वाइट हाउसका प्रेस सचिव जेन सासाकीले पत्रकार सम्मेलन गरेर ६० मिलियन डोज खोप वितरण गर्ने बताएपनि कुन कुन देशलाई उपलब्ध गराउने हो भन्ने बारे भने नखुलाएको बीबीसीले जनाएको छ ।

उनले अमेरिकी नियामक निकायले अझै पनि खोपको गुणस्तबारे ध्यान दिनुपर्नेपनि बताएका छन् । यसैबीच अमेरिकाले भारतलगायत अति प्रभावित राष्ट्रहरुमा खोपलगायत विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने पनि जनाएको छ ।

प्रतिक्रिया