ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण
नेपालखोज
२०७८ वैशाख १४ गते १४:१३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हालै उनी गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका हुन् । उनको सचिवालयका अनुसार मन्त्री रायमाझीलाई सोमबार संक्रमण पुष्टि भएको हो ।
लक्षणसहितको कोरोना संक्रमण देखिएसँगै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनको उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया