मंगलबार, असार १०, २०८२

रूसी भ्याक्सिनमा खराबी छ भन्दै ब्राजिलले लिन मानेन

नेपालखोज २०७८ वैशाख १४ गते १५:०६

ब्राजिलको स्वास्थ्य नियामक संस्था एनविसाले सोमबार रूसले बनाएको स्पुतनिक भि भ्याक्सिन आयात गर्न रद्द गरिदिएको छ । एनविसाको बोर्ड मेंबरहरुले उक्त भ्याक्सिन नलिन सर्वसम्मति जुटाएको हो ।

रुसी भ्याक्सिनमा सबै किसिमको स्वास्थ्य मापदण्ड पुरा नभएको कारण ब्राजिलले सो भ्याक्सिन आयात गर्न नमानेको हो ।

स्पुतनिक भि भ्याकसिनमा गम्भीर खराबी भएको र यसले स्वास्थ्य समस्या पनि निम्त्याउन सक्ने भन्दै ब्राजिलले सो भ्याक्सिन नलिने बताएको हो । यसअघि भारतीय भ्याक्सिनमा पनि खराबी भएको भन्दै उसले भारतीय भ्याक्सिन पनि नलिने घोषण गरेको थियो ।

रुसी भ्याक्सिनलाई युरोपियन युनियनले पनि लिन मानेको छैन । युनियनले यसको निर्माण प्रक्रियामा आशंका व्यक्त गरेको छ । यसको परीक्षण राम्ररी गरेर मात्र प्रयोग योग्य रहे नरहेको पत्ता लगाउने युरोपियन युनियनले जनाएको थियो ।

प्रतिक्रिया