अक्सिजन, आइसियु बेड लगायतका सामाग्री आयातमा कर छूट दिने
नेपालखोज
२०७८ वैशाख १६ गते १६:३३

काठमाडौं । सरकारले अक्सिजन, आइसियु बेड लगायतका १० स्वास्थ्य सामाग्री आयातमा कर छूट दिने निर्णय गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती सामग्रीको आयातमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय सरकारले गरेको हो ।
मन्त्रिपर्षिदले कोभिड-१९ को उपचारका लागि चाहिने अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा कर छूट दिने निर्णय गरेको हो ।

सम्बन्धित
प्रतिक्रिया