आइतबार, वैशाख १४, २०८२

प्रदेश अस्पतालमा मुख्यमन्त्रीको छड्के अनुगमन

नेपालखोज २०७८ वैशाख १८ गते ७:२२

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् ।

कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उनले अस्पतालै पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुगेका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको निरीक्षण पनि गरेका थिए । अस्पतालको सेवा तथा बिरामीहरूको अवस्थाको अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पताल निर्देशक डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग उपचार सेवा प्रभावबारे जानकारी लिएका थिए ।

अनुगमनपश्चात अस्पतालका निर्देशक डा खड्कासहित चिकित्सकहरूलाई उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिए । कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याबारे पनि उनले जानकारी लिए ।

कर्णालीमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ९ हजार ३४७ छ ।

प्रतिक्रिया