हाँसौं र हँसाऔं

कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि हाँसौं,
त्यसैले थोरै भए पनि हँसाऔं,
सम्बन्धमा यही त हुन्छ,
हाँसौं र हँसाउने प्रयास गरौं ।१।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भए पनि खुसी साटौं,
त्यसैले थोरै भए पनि मुस्कान बाँडौं,
सम्बन्धमा यही त हुन्छ,
खुसी र मुस्कान सटासाटको प्रयास गरौं ।२।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भए पनि आफन्तलाई सम्झौं,
त्यसैले थोरै भए पनि शुभचिन्तकलाई याद गरौं,
सम्बन्धमा यही त हुन्छ,
सम्झना र याद गर्ने प्रयास गरौं ।३।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भए पनि पीडा हरणकर्ता बनौं,
त्यसैले थोरै भए पनि मरहम बनौं,
सम्बन्धमा यही त हुन्छ,
पीडा हरण गर्ने र मरहम बन्ने प्रयास गरौं ।४।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भए पनि सहयोग गरौं,
त्यसैले थोरै भए पनि साथ देऔं,
सम्बन्धमा यही त हुन्छ,
सहयोग र साथ दिने प्रयास गरौं ।५।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भए पनि संवाद गरौं,
त्यसैले थोरै भए पनि मनको बह बुझौं,
सम्बन्धमा यही त हुन्छ,
संवाद र मनको बह बुझ्ने प्रयास गरौं ।६।
प्रतिक्रिया