आइतबार, वैशाख १४, २०८२

कोरोना नियन्त्रणका सामग्री बोकेर अमेरिकी तीन विमान भारततर्फ

नेपालखोज २०७८ वैशाख १९ गते ११:४२

काठमाडाैं । अमेरिकाले भारतमा काेभिड-१९ नियन्त्रणका लागि आवश्यक पर्ने आपतकालीन स्वास्थ्य सामग्री बाेकेका थप तीनवटा विमान पठाएकाे छ।

अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट जारी विज्ञप्ति अनुसार भारतका लागि प्रस्थान भएका यी विमानमा अक्सिजन सिलिन्डर र अक्सिजन आपूर्तिसँग सम्बन्धित उपकरण तथा स्वास्थ्य सम्बन्धी अन्य आवश्यक सामग्री रहेका छन्। यसमा करीब ९ लाख एन-९५ मास्क पनि छन्।

अमेरिकाले यसअघि नै भारतकाे काेराेना नियन्त्रणमा आफ्नो सहयोग रहने बताउँदै आएको थियो । भारतको कोरोना नियन्त्रण बाहिर गएपछि विश्वको आँखा भारततर्फ परिरहेको छ ।

भारतको सरकार कोरोना नियन्त्रणको लाग िलाचार छ । कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने केन्द्रको सरकार चुनावी दाउपेचमा लागेको भारतका जनताको आरोप छ । हालै सकिएको विधानसभाको चुनावका कारण भारतमा कोरोना यसरी फैलिएको हो ।

प्रतिक्रिया