कोरोना रोकथाम गर्न विज्ञसँग मोदीको परामर्श
नेपालखोज
२०७८ वैशाख १९ गते १६:३१

काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिडको प्रभावकारीताका बारेमा विज्ञहरूसँग परामर्श गरेका छन् । काेराेना व्यवस्थावनका विषयमा परामर्श गर्नका लागि विज्ञहरूसँग आइतवार भर्चुअल बैठक गरिएकाे थियाे ।
कोरोना संक्रमितहरूका लागि अक्सिजन र औषधिको उपलब्धताका विषयमा समीक्षा तथा मानव संसाधनमा वृद्धिका विषयमा परामर्श उक्त बैठकमा भएको सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । कोरोना महामारीको उचित व्यवस्थापन गर्न नसकेकोमा मोदी सरकारको चौतर्फी आलोचना भइरहेको बेलामा यो बैठक गरिएको हो । केन्द्र सरकारकाे कामकाे जनस्तरबाटै आलोचना भइरहेकाेले माेदी हाल बिलखवन्दमा रहेका छन् ।
भारतीय संचारमाध्यमका अनुसार भारतमा काेराेना अव्यवस्थित भइसकेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया