मंगलबार, वैशाख १८, २०८१

निषेधाज्ञाकाबीच नेपाल शिक्षक महासंघले घोषणा गर्‍यो चरणवद्ध आन्दोलनका कार्यक्रम

नेपालखोज २०७८ वैशाख १९ गते १६:५५

काठमाडौं । नेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार महासंघले सूचना जारी गर्दै बैशाख २० गतेदेखि ३१ सम्मका लागि चरणवद्द आन्दोलन गर्ने जनाएको छ ।

विभिन्न मन्त्रालय र निकायसँग विगतमा भएका सम्झौतालाई कार्यन्वयन गर्न दवाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ । जारी विज्ञप्तिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालदेखि, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय एकाइ हुँदै स्थानीय सरकार समक्ष विरोधपत्र बुझाउने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

आन्दोलको पहिलो दिन बैशाख २० गते महासङ्घले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विगतका माग, सम्झौता सहितको विरोध पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

त्यस्तै २१ गते सातवटै प्रदेशका सामाजिक विकास मन्त्री समक्ष महासङ्घको प्रदेश समिति तथा आबद्ध संस्थाका अध्यक्ष र महासचिवको उपस्थितिमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने र सोही दिन देशभर रहेका शिक्षक तथा विद्यालय कर्मचारीले आफ्नो फेसबुक वालमा केन्द्रबाट पोस्ट गरिएको र पठाइएको मूल नारासहित कालो स्टिकर पोस्ट गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

२३ गते सबै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने र २४ गते सबै स्थानिय तहमा विरोध पत्र बुझाउने कार्यक्रम रहेको छ ।

२६ गते केन्द्रीय स्तरमा राष्ट्रिय समितिले सबै दलका शिक्षा विभाग प्रमुखसँग शिक्षक महासङ्घका माग, सम्झौता र राष्ट्रिय शिक्षा ऐन निर्माण सम्बन्धमा अनलाइन अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया