सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न
नेपालखोज
२०७८ वैशाख २१ गते १७:३७

धादिङ । जिल्लामा कोरोना सङ्क्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा सम्लग्न छन् । धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड-१९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स-रे गर्ने काम गरिरहेकी छन् ।
उनी यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहेकी छन् । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड -१९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया