रहेनन् समालोचक इन्द्र माली
नेपालखोज
२०७८ वैशाख २३ गते ११:३०

काठमाडौं । कवि तथा समालोचक इन्द्र मालीको निधन भएको छ । ७९ वर्षीय मालीको आज बिहान शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको हो । उनको आजै अन्त्येष्टि गरिँदैछ ।
नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव भएका थिए । उनी नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता पनि थिए ।
नेपाली भाषामा पनि कलम चलाउने उनका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि उनलाई दिइन्छ । मालीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
सम्बन्धित
प्रतिक्रिया