मंगलबार, वैशाख १८, २०८१

गण्डकी प्रदेशसभाको बैठक वैशाख २७ गते बस्ने

नेपालखोज २०७८ वैशाख २३ गते १८:२०

काठमडौं । गण्डकी प्रदेश सभाको बैठक २७ बैशाखमा बस्ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको हो ।

कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काले बैशाख २७ गते बिहान ११ बजे संसदको बैठक बस्ने निर्णय भएको बताए । उनले कोरोना संक्रमण भएका सांसदहरुलाई प्रदेश सभामा बस्ने छुट्टै स्थानको व्यवस्था गरिने निर्णय भएको बताए ।

कोरोना संक्रमण देखिएका सांसदहरु बोल्न नपाउने र मतदानमा भने भाग दिन पाउने निर्णय भएको सांसद खडकाले बताए । प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया