बुधबार, असार ११, २०८२

भारतमा ४ लाख १४ हजार संक्रमित थपिए, ४ हजारको मृत्यु

नेपालखोज २०७८ वैशाख २४ गते ११:०५

नयाँदिल्ली । भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा बढिरहेको छ । पछिल्लो चौबीस घण्टामा कोरोनाका चार लाख १४ हजार १८८ जना नयाँ संक्रमित फेला परेका छन् ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख ४५ हजार १६४ पुुगेको बीबीसी हिन्दीले जनाएको छ । त्यहाँ कोरोनाका कुल संक्रमितको संख्या दुई करोड १४ लाख बढी पुगिसकेको छ ।

यसअवधिमा कोरोना संक्रमणका कारण ३ हजार ९१५ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमण दर बढिरहेका बेला अस्पतालहरु भरिभराउ छन् । अदालतले सरकारलाई कोरोना नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न सचेत गराइरहेको छ ।

प्रतिक्रिया