गत चाैबीस घण्टामा ३,३७० जना संक्रमणमुक्त, ५३ को मृत्यु
नेपालखोज
२०७८ वैशाख २५ गते १७:३४

काठमाडैं । पछिल्लो चाैबीस घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै चाैबीस घण्टामा ३ हजार ३७० जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।
सम्बन्धित
प्रतिक्रिया