सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्याे
नेपालखोज
२०७८ वैशाख २६ गते १३:१२

काठमाडाैं । सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (आइतबार) भने ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी आज तोलाको १३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया