शनिबार, असार २१, २०८२

निषेधाज्ञाकाे प्रभाव: गोलभेँडाले बजार नपाएपछि किसान चिन्तित

नेपालखोज २०७८ वैशाख २६ गते १३:३८


बाँके । बन्दा बन्दीका कारणले उत्पादन भएका गोलभेँडा बिक्रि नहुदा बारी मै कुहिन थालेका छन् । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै कुहिएको हो ।

सवारीसाधन संञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् । कृषि क्रान्ति गर्ने सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताएपनि व्यवहारमा त्यसो हुन नसकेपछि किसानले लगाएको तरकारी बारी मा नै कुहिने गरेका हुन् ।

उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन् । दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था श्रृजना भएको छ ।

बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेँडा बिक्रि नहुँदा ११ लाख रुपैया बराबरको घाटा लागेको बताए । गोलभेँडा बिक्रि गर्ने समयमा जिल्ला मा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पुर्ण लगानी डुबेको किसान भुषालले बताए ।

भुषालले कृषि विकास बैँकबाट ५ लाख रुपैया ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए ।

प्रतिक्रिया