शनिबार, असार २१, २०८२

आठ अर्ब १८ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ वैशाख २६ गते १७:२२


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैशाख २७ गते अर्थात भोलि सोमबार आठ अर्ब १८ करोड रुपैयाँको बराबरको ट्रजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति बैशाख २८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब आठ करोड रुपैयाँ रहेको छ ।

सो मध्ये २८ दिने अवधिको परिपक्व हुुने २०७८ साउन २६ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ कात्तिक २३ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल बैशाख २७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही बैशाख २० गते पनि राष्ट्र बैंकले दुुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया