शनिबार, असार २१, २०८२

साहस ऊर्जाले १ अर्ब ५ करोडको आईपीओ निष्कासन गर्दै

नेपालखोज २०७८ वैशाख २९ गते १६:२५

काठमाडौं । साहस ऊर्जा कम्पनीले एक अर्ब पाँच करोड रुपैयाँबराबरको एक करोड पाँच लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । गत चैतमा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

कम्पनीले संखुवासभामा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ छ । यसअनुसार आयोजनाको लागत प्रतिमेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी छ ।

विभिन्न कम्पनीहरुले पुँजी बजारमा सेयर निष्कासन गरिरहेको अवस्थामा साहस ऊर्जाले पनि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया