सोमबार, वैशाख १५, २०८२

अब कोभिड संक्रमितको शव आफन्तले अन्त्येष्टि गर्न पाउने

नेपालखोज २०७८ वैशाख २९ गते १९:१५

काठमाडौं । कोभिड संक्रमित भई मृत्यु भएकाहरुको शव अब आफन्तले नै अन्त्येष्टि गर्न पाउने भएका छन् ।

आफन्तले नै दाहसंस्कार गर्न नपाएको गुनासो बढेपछि सरकारले पुरानो व्यवस्था खारेज गरी मृतकका आफन्तहरुलाई नै शव दिने निर्णय गरेको हो । यद्यपि परिवारले त्यसरी गर्ने अन्त्येष्टिमा २५ जनाभन्दा बढी भेला हुन पाउने छैनन् ।

संक्रमितको शव व्यवस्थापन वा अन्त्‍येष्टि गर्दा आफ्नो धर्म, परम्परा एवं संस्कृतिअनुसार गर्न पाउने कुरा स्वास्थ तथा जनसंख्या मन्त्रालय स्वास्थ आपत्‌कालीन तथा विपत् व्यवस्थापन एकाइले आज जारी गरेको सूचनामा उल्लेख छ ।

यदि आफन्तहरुले शव व्यवस्थापन गर्न सक्ने स्थिति नभए नेपाली सेनाले नै गर्ने कुरा पनि एकाइद्वारा जारी सूचनामा छ ।

-फाइल तस्बिर : नेपालखोज

प्रतिक्रिया