आइतबार, असार २२, २०८२

२१६ बैंक तथा फाइनान्स मर्जर तथा प्राप्तिमा सामेल

सात वटा प्रदेश अन्तर्गत सात सय ५० स्थानीय तहमा पुग्यो वाणिज्य बैंकहरुको शाखा

नेपालखोज २०७८ वैशाख ३० गते १३:२५



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ चैत मसान्तसम्म कुुल दुुई सय १६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

राष्ट्र बैंकका अनुसार यसमध्ये एक सय ६४ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएकाछन् । यसैगरी ७७ वटा जिल्लाका सात वटा प्रदेश अन्र्तगतका सात सय ५३ स्थानीय तहमध्ये २०७७ चैतसम्म सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

सो अनुुरुप अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जस अन्र्तगत बाग्मती प्रदेश अन्र्तगत धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका, कर्णाली प्रदेश अन्र्तगतको जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र सुदुरपश्चिम प्रदेश अन्तर्गत को बझाङ जिल्लाको काँडा गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ चैतसम्म सात सय ४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ चैत मसान्तमा एक सय ४० रहेको छ ।

यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या भने २०७७ असार मसान्तमा नौ हजार सात सय ६५ रहेकोमा २०७७ चैत मसान्तमा १० हजार पाँच सय ४६ वटा पुुगेको छ ।

प्रतिक्रिया