चालू आव १ खर्ब २५ अर्ब ७७ करोड मात्रै विकास बजेट खर्च

काठमाडाैं । सरकारले कोरोना महामारीको समयमा पनि विकास निर्माणका कार्य तीव्र गतिमा भएकाे दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै न्युन देखिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार बैशाख मसान्तसम्म जम्मा १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ अर्थात ३५ दशमलव ६४ प्रतिशत मात्रै विकास बजेट खर्च उल्लेख गरेकाे छ ।
सरकारले यो आर्थिक वर्षको लागि तीन खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट छुट्याएको भएपनि अर्धवार्षिक समिक्षामार्फत दुई खर्ब ८३ अर्बमा झारेको थियो ।
१० महिनामा जम्मा ३५ प्रतिशत मात्रै विकास खर्च हुनुले नेपालको पूर्वाधार निर्माण सुस्त रहेको प्रमाणित गरेको अर्थविद्हरुको जनाएका छन्
यस्तै चालू तर्फ ६ खर्ब ३० अर्ब रुपैयाँ अर्थात ६६ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यो आर्थिक वर्षको लागि सरकारले नौ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समिक्षामार्फत नौ खर्ब १४ अर्बमा झारेको थियो । यस्तै वित्तीय व्यवस्थातर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ अर्थात ३९ दशमलव ७७ प्रतिशत खर्च भएको छ ।
समग्रमा १० महिनामा ५५ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको छ । यस्तै यो वर्ष १० खर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा १० महिनामा सात खर्ब ६१ अर्ब रुपैयाँ अर्थात ७५ दशमलव २२ प्रतिशत संकलन भएको छ ।
प्रतिक्रिया