बुधबार, असार ११, २०८२

दिल्लीमा १५ दिनमै ५ सय शय्याको आईसीयू अस्पताल निर्माण

नेपालखोज २०७८ जेठ १ गते १८:११
साँकेतिक तस्बिर

दिल्ली । भारतको दिल्ली सरकारले १५ दिनमै ५ सय शैय्याको आईसीयू अस्पताल निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् ।

आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो । चार दिन अघि पाँच सय आईसीयू बेड तयार गरिएकोमा २ सय ५० बेड आजदेखि सञ्चालन आएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको केजरीवालले बताए ।

यसैबीच मुख्यमन्त्री केजरीवालले दिल्लीमा अक्सिजनको अभाव हुन नदिन विभिन्न स्थानमा आजैदेखि अक्सिजन बैंकको स्थापना गर्न लागेको बताएका छन् । उनका अनुसार राज्यका प्रत्येक जिल्लामा २ सय अक्सिजन बैंक स्थापना गरिने छ । कोभिड संक्रमतिको अबस्था विग्रदै गएर अक्सिजनको अभाव भए उक्त अक्सिजन बैंकले केहि राहत दिने बताइएको छ ।

दिल्लीमा पछिल्ला केहि दिन यता कोरोना संक्रमण दर घट्दै गएको छ । मुख्यमन्त्री केजरीवालका अनुसार पछिल्लो २४ घण्टामा साढे ६ हजार ४ सय ३० जनामा मात्रै संक्रमण पुष्टी भएको छ । पहिलेको तुलनममा ११ प्रतिशतले संक्रमण दर घटेको मुख्यमन्त्री केजरीवालले बताएका छन् ।

प्रतिक्रिया