काठमाडौंले जित्यो नेपाल सुपर लिग फुटबलको उपाधि (फोटो फिचर)
नेपालखोज
२०७८ जेठ १ गते २२:४५


काठमाडौं । काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० गोलले हरायो ।
काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको छ । प्रतियोगिताअन्तर्गत अघिल्ला दुवै भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो ।
फ्रेन्चाइजमा आधारित नेपालमा पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा ७ टोलीको सहभागिता थियो । हेरौं थप तस्बिर :














सम्बन्धित
प्रतिक्रिया