बुधबार, असार ११, २०८२

दिल्लीमा लकडाउन थप एक साता लम्ब्याइयो

नेपालखोज २०७८ जेठ २ गते २०:०७

दिल्ली । भारतको दिल्लीमा लकडाउन फेरि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन थप एक साता बढाउने जानकारी दिएका हुन् ।

दिल्लीमा जारी लकडाउन भोलि सकिँदै थियो । मुख्यमन्त्री केजरीवालका अनुसार मे २४ सम्म लकडाउन लम्ब्याइएको हो । लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ छ ।

विस्तारै संक्रमण दर कम हुँदै गएको केजरीवालले बताए । मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई चिठीसमेत लेखेका छन् ।

प्रतिक्रिया