आइतबार, असार २२, २०८२

बैंकहरुको वितरणयोग्य नाफा ३२ अर्ब ८६ करोड, कुुन वाणिज्य बैंकको वितरणयोग्य नाफा कति ?

नेपालखोज २०७८ जेठ ३ गते १२:५५


काठमाडौं । वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ३२ अर्ब ८६ करोड ८७ लाख ५४ हजार रुपैयाँ मात्र देखिएको छ । सञ्चालनमा रहेका २७ वटा बैंकहरुले चालु आर्थिक बर्षको पछिल्लो नौ महिनामा ५० अर्ब ७४ करोड २५ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्दा वितरणयोग्य नाफा ३२ अर्ब रुपैयाँको हाराहारीमा देखिएको हो ।

सोमध्ये सबैभन्दा बढी खुुद मुनाफा एवं वितरणयोग्य नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो स्थानमा परेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा परेको छ ।

नबिल बैंकले चालुु आवको पछिल्लो नौ महिनामा तीन अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा वितरणयोग्य नाफा तीन अर्ब ८० करोड २४ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसैगरी सरकारी स्वामित्वको राष्ट्रि बैंकले भने चालुु आवको तेस्रो त्रैमासमा तीन अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद मुनाफा कमाएकोमा वितरणयोग्य नाफा तीन अर्ब चार करोड ३३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

ग्लोवल आईएमई बैंकले पनि चालुु आवको तेस्रो त्रैमासमा तीन अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा वितरणयोग्य नाफा दुुई अर्ब ५६ करोड ४५ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

यसैगरी प्र्राईम कर्मसियल बैंकले पनि पछिल्लो अवधिमा दुई अर्ब ८१ करोड ६७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा वितरणयोग्य नाफा दुई अर्ब २० करोड चार लाख ५१ हजार रुपैयाँ मात्र रहेको छ ।

प्रभुु बैंकले भने चालुु आवको तेस्रो त्रैमासमा दुुई अर्ब १० करोड ९६ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाउँदा वितरणयोग्य नाफा एक अर्ब ५९ करोड ३९ लाख ३७ हजार रुपैयाँ मात्र रहेको छ ।

नेपाल बैंकले चालु आवको पछिल्लो अवधिमा दुई अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा वितरणयोग्य नाफा एक अर्ब ४७ करोड ४६ लाख ५२ हजार रुपैंयाँ रहेको छ ।

चालु आवको तेस्रो त्रैैमासिक अवधिमा कृषि विकास बैंकले दुई अर्ब सात करोड ३० लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा वितरणयोग्य नाफा एक अर्ब ४३ करोड १९ लाख २६ हजार रुपैयाँ रहेको छ ।

यी बाहेक सानिमा, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स इन्टरनेशनल, मेगा, एनआईसी एशिया र एभरेष्ट बैंकको वितरणयोग्य नाफा भने व्रmमश एक अर्ब ४० करोड ९५ लाख २४ हजार, एक अर्ब ३८ करोड ५२ लाख ५८ हजार, एक अर्ब ३४ करोड ६२ लाख ३० हजार, एक अर्ब २९ करोड ७७ लाख ३० हजार, एक अर्ब २२ करोड छ लाख तीन हजार र एक अर्ब छ करोड ५३ लाख ८६ हजार रुपैंयाँ रहेको छ ।

कुमारी, माछापुुच्छ्रे, सिद्धार्थ, हिमालय, नेपाल बंगलादेश, लक्ष्मी, एनएमबी, एनसीसी, नेपाल एसबिआई, स्टान्र्डड चार्टड, सनराईज, सिभिल र सेञ्चुरी कर्मसियल बैंकको वितरणयोग्य नाफा भने एक अर्ब रुपैयाँ भन्दा कम रहेको छ ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम वितरणयोग्य नाफा भने सनराईज, सिभिल र सेञ्चुरी बैंकको रहेको छ । यी बैंकहरुको वितरणयोग्य नाफा व्रmमश ३१ करोड ८३ लाख एक हजार, ३० करोड ७७ लाख ९५ हजार र २२ करोड २९ लाख एक हजार रुपैयाँ रहेको छ ।


वाणिज्य बैंकको वितरणयोग्य नाफा तालिका (रकम रु हजारमा)

क्रमस बैंकको नाफा खुद मुनाफा वितरणयोग्य नाफा
१ नविल बैंक ३६७९८७० ३८०२४९५
२ राष्ट्रिय बााँणिज्य बैंक ३२७००८५.७१ ३०४३३५२.७१
३ ग्लोवल आईएमई बैंक ३५७८२६९ २५६४५८१
४ प्राईम कर्मसियल बैंक २८१७६७६.३९ २२००४५१.४९
५ प्रभुु बैंक २१०९६०७ १५९३९३७
६ नेपाल बैंक २२६२२७७.३१ १४७४६५२.८०
७ कृषि बिकास बैंक २०७३०६१.१७ १४३१९२६.५५
८ सानिमा बैक १८५६१६९.१८ १४०९५२४.२४
९ नेपाल इन्भेष्टमेन्ट बैंक २८४७१३१ १३८५२५८
१० सिटिजन्स बैंक १५४५३४०.६२ १३४६२३०.२९
११ मेगा बैंक १९७२७५५.५४ १२९७७३०.९१
१२ एनआईसी एशिया बैंक ३००४८१५.६३ १२२०६०३.००
१३ एभरेष्ट बैंक १५०७४४६ १०६५३८६
१४ कुमारी बैंक १८०८४८३.५३ ९८४६४९.९६
१५ माछापुुच्छ«े बैैक १२९०६१२.९६ ८४६९०९.५५
१६ सिद्धार्थ बैंक २०६५२३८.५२ ८३१४४९.३०
१७ हिमालयन बैंक १२८७१५७.४७ ८४७६६६.०९
१८ नेपाल बंगलादेश बैंक १६३८४०९.६८ ९८३२२९.२७
१९ लक्ष्मी बैंक १२८८०८४ ८४१६३९
२० एनएमबी बैंक २५१६४८७ २२७५७८९
२१ एनसीसी बैंक ११०११८०.३८ ८७९३९४.५२
२२ बैंक अफ काठमाडौं ११६९३४२.६६ ८५६९६४.९८
२३ नेपाल एसबिआई बैंक ८७८६४६.०२ ४४४६१२.५०
२४ स्टान्र्डड चार्टड बैंक ११८३६२० ९५५९०५
२५ सनराईज बैंक ११३००४२.३१ ३१८३०१.११
२६ सिभिल बैंक ५०२५५५ ३०७७९५
२७ सेञ्चुुरी कर्मसियल बैंक ३५८१५० २२२९०१
कुुल ५०७४२५१३.९८ ३२८६८७५४.२७
(श्रोत सम्वन्धीत बैंकको चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया