सुनकाे भाउ ताेलाकाे ९३ हजार नाघ्याे, चाँदीकाे कति ?
नेपालखोज
२०७८ जेठ ४ गते १३:२५

काठमाडाैं । सुनकाे भाउ मङ्गलवार (आज) ताेलाकाे ९३ हजार नाघेकाे छ । साेमवार (हिजाे) कायम भएकाे भाउमा ६ सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाकाे ९३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९२ हजार आठ सय रुपैयाँ थियो ।
त्यस्तै आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजोको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया