बुधबार, असार ११, २०८२

मुम्बई दुर्घटना अपडेट : २ सय १५ जनाको उद्धार

नेपालखोज २०७८ जेठ ४ गते १५:१६

काठमाडाैं । मुम्बईको समुद्रमा ४ वटा जहाजमा ७ सय १० जना मानिसहरु फसेकोमा २ सय १५ जनालाई उद्धार गरिएको छ ।

बाँकी झण्डै ५ सय जनाको उद्धार प्रयास जारी रहेको बताइएको छ । चक्रवातका कारण पछिल्लो तीनदिनमा भारतका विभिन्न पाँच राज्यमा २३ जनाको मृत्यु भइसकेको छ ।

मृतकमध्ये ११ जना महाराष्ट्रका मात्रै रहेका छन् । भारतीय मौसम विभागका अनुसार अंडमान टापु नजिक नयाँ चक्रवात विकसित हुँदै गएको संकेत मिलेको बताएको छ । उक्त चक्रवात मे २३ मा पुर्बी तटिय तर्फ अगाडी बढ्ने भएकारले सुरक्षित रहन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया