बुधबार, असार ११, २०८२

मुम्बईमा चक्रवातका कारण एक जहाज डुब्यो, ९० बढी मानिस बेपत्ता

नेपालखोज २०७८ जेठ ४ गते २०:३४
साँकेतिक तस्बिर

मुम्बई । ‘ताउते’ नामक चक्रवातका कारण मुम्बईको समुद्र तट नजिक एक जहाज डुब्दा ९० जनाभन्दा धेरै मानिस बेपत्ता भएका छन् ।

भारतीय जलसेनाले जहाज ‘पी ३०५’ डुब्दा जहाजमा यात्रा गरिरहेका २ सय ७० जनामध्ये १ सय ७७ जनाको उद्धार गरिएको र बाँकी मानिसको खोजी भइरहेको जनाएको छ । सातसय जना सवार तीन वटा व्यापारिक जहाज भने हाल अरब सागरमा रोकिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

त्यस्तै तटरक्षक बलको चेतक हेलिकप्टरले ग्याल कन्स्ट्रक्टर जहाजको चालक दलका सबै १ सय ३७ जनाको उद्धार गरेको समाचारमा जनाइएको छ । अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतका विभिन्न राज्यमा दर्जनबढीको मृत्यु भइसकेको छ भने डेढलाख बढी बिस्थापित भएका छन् ।

प्रतिक्रिया