कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार दिने दिल्ली सरकारको घोषणा

दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमण भई मृत्यु हुने व्यक्तिको परिवारलाई राहत स्वरुप ५० हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।
त्यस्तै परिवार आश्रित भएको ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएमा थप २५ सय प्रदान गरिने पनि उनले बताए । साथै एकैपरिवारमा श्रीमान श्रीमतीको मृत्यु भए उनिहरुको सन्तान २५ वर्ष नपुगुन्जेल २५ सय प्रदान गरिने समेत मुख्यमन्त्री केजरीवालले बताए।
त्यस्तै, मुख्यमन्त्री केजरीवालले केन्द्रिय सरकारलाई सिंगापुरको हवाईयात्रा तत्काल बन्द गर्न आग्रह गरेका छन् । सिंगापुरमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिकाको लागि खतरा भएको भन्दै सिंगापुरसँगको हवाई उडान तत्काल बन्द गर्न उनले आग्रह गरे ।
यसको साथै उनले बालबालिकाहरुका लागि खोपको विकल्पहरुमा प्राथमिकताका आधारमा काम गर्नु पर्ने समेत जिकिर गरे । सिंगापुरमा फैलिरहेको कोरोना भाइरस नयाँ भेरियन्ट बच्चाको लागि खतरा रहेको विज्ञहरुले बताउने गरेका छन् ।
प्रतिक्रिया