रानीपोखरी पुर्ननिर्माणः वैशाखसम्ममा पुरानै शैलीको बन्दै, ४६ प्रतिशत काम पूरा
नेपालखोज
२०७६ पुष २६ गते १०:४४
२६ पुष, काठमाडौँ । तिहासिक रानीपोखरीे पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढेकोछ । सरकारले आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीे पुनःनिर्माणको कामलाई तीव्र गतिमा अघि बढाएको छ ।
अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम अघि बढिसकेको छ । पोखरीको ४६ प्रतिशत काम सकिएको छ ।
भने सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । पोखरीमा अहिले गोकर्णबाट ल्याइएको माटो लगाउने काम भइरहेको छ । त्यसपछि इँटा लगाउने तयारी छ । हाल त्यहाँ ६० कामदारले काम गरिरहेका छन् ।
२०७२ को भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।
सम्बन्धित
प्रतिक्रिया