बुधबार, असार ११, २०८२

ताउ-ते चक्रवातकाे कारण समुद्रमा फसेको जहाजबाट १४ जनाको शव भेटियाे

नेपालखोज २०७८ जेठ ५ गते १५:१८

काठमाडाैं । ताउ-ते नामक चक्रवातका कारण मुम्बईको समुद्रमा फसेको एक जहाजबाट १४ जनाको शव फेला परेको छ । समुन्द्रमा फसेको मानिसहरुको खोजि गरिरहेको भारतीय नौसेना (नेवी) ले १४ शव फेला पारेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेवीका अनुसार मुम्बइको समुद्रमा फसेको ४ जहाजमा सवार ७ सय १३ जना मानिसहरुमध्ये ६ सय २० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका बताइएको छ ।

पछिल्लो समय भने चक्रवाती आँधी गुजरातमा कमजोर भएर अघि बढिरहेको भारतको मौसम विभागले जनाएको छ । सामुद्रिक चक्रवात आँधीका कारण हालसम्म गुजरातमा ६० भन्दा धेरै तथा महाराष्ट्रमा १४ जनाको मृत्यु पुष्टि भएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज विहानै देखि गुजरातमा आँधीले प्रभाव पारेको क्षेत्रमा हवाई निरिक्षणमा निस्केका छन् ।

प्रतिक्रिया