आइतबार, असार २२, २०८२

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलद्वारा पुनः शपथग्रहण

नेपालखोज २०७८ जेठ ६ गते १४:१३

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पुनः शपथ लिएका छन् । मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले उपाध्यक्षमा पुन: कँडेललाई नै नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्‌ले उपाध्यक्षमा कँडेलसँगै सदस्यमा डा. कृष्णप्रसाद ओली, मीनबहादुर शाही र डा. उषा झालाई नियुक्त गरेको थियो ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शपथ गराएका हुन् । साथै कँडेलसँगै सदस्यहरु ओली, शाही र झाले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथग्रहणपछि उपाध्यक्ष कँडेलले आजै पदभार ग्रहणसमेत गरेका छन् ।

प्रतिक्रिया