बुधबार, असार ११, २०८२

कोरोना महामारीबीच भरतमा देखियाे ब्ल्याक फङ्गस प्रकाेप, दुई राज्यमा महामारीकाे घोषणा

नेपालखोज २०७८ जेठ ६ गते १८:०८
स्रोत : एबिपि न्यूज

काठमाडौं । भरतमा कोरोना भाइरसको महामारीबीच म्यूकोर्माइकोसिस अर्थात (ब्ल्याक फङ्गस ) राेगकाे महामारी फैलिएको छ । भारतका कयौं राज्यमा यसको प्रभाव देखा परेको भारतीय सञ्चार मध्यमले जनाएका छन् ।

त्यस्तै, केन्द्रिय स्वास्थ्य मन्त्रालयले राज्य तथा प्रदेशमा माहामरी ऐन,१८९७ को दफा अन्तरगत ब्ल्याक फङ्गसको महामारी घोषित गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको सचिव लभ अग्रवालले एक पत्रमार्फत भनेका छन्, अहिलेको अवस्थामा नयाँ चुनौती आएको छ, जसको नाम ब्ल्याक फङ्गस रहेकाे छ ।’ उनले यस राेगबाट कयौं राज्यमा कोरोनाका बिरामी प्रभावित भएकाे बताएका छन् । साथै उनले यसको लक्षण बताएर यसको प्रभाव कम गर्न र गाइडलाइन्स बनाउन सहयोग गर्न सबै सरकारी तथा निजी अस्पतालहरूलाइ आग्रह गरेका छन् ।

त्यस्तै तेलंगाना तथा राजस्थान राज्यले भने ब्ल्याक फङ्गसलाई महामारी १८९७, ऐनको दफा एकको अनुसार रोग घोषणा गरिसकेको छ । तेलंगानामा एक सरकारी सूचनामार्फत सबै सरकारी तथा नीजि स्थ्वास्थ मन्त्रालय र ब्ल्याक फङ्गस अनुसन्धान, निदान र व्यवस्थापनको लागि भारतीय चिकित्सा अनुसन्धान परिषदले तोकेको मार्ग निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, “सबै सरकारी र निजी स्वास्थ्य केन्द्रहरूले सबै संदिग्ध र पुष्टि भएका घटनाहरू स्वास्थ्य विभागमा रिपोर्ट गराउनु हाेस्।’

त्यस्तै, राजस्थानको चिकित्सा स्वास्थ्य विभागले यो रोगको प्रकोप बढ्दै गएकाले महामारी नै घोषणा गरेको जनाएको छ । विभागले आँखामा समस्या देखिने बिरामीको सङ्ख्या बढ्दै गएको बताएको छ । राजस्थानका झन्डै एक सय बिरामी आँखा बिगार्ने ब्ल्याक फङ्गस रोगबाट पीडित भएकाे खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया